Logo

uncategorized

प्रशान्तको सिरबन्दी आरुषिलाई उपहार (भिडियो हेर्नुहोस् )



नेपाली गीत संगीतमा राम्रो सम्भावना भएका गायक प्रसान्त लिम्बुको आवाजमा सजिएको निकै रमाइलो लोक पप“ सिरबन्दी ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको भावमा आफनी सोल्टनीको मायामा फसेका प्रसान्त लिम्बुको गीतमा प्रेमीकाबाट निकै प्रभावित भएको कुरालाई गीतमा समेटिएको छ ।

नेपालि सांगीतिक बजारमा अर्थात् सामाजिक संजाल युट्युव मार्फत आफ्नो गीत संगीतका भिडियोहरु सार्वजनिक गर्ने होड बाजी  चलेको छ । प्रसान्त लिम्बुले पनि केहि समय अगि मात्र ‘ सिरबन्दी” बोलको  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । छोटो समयमै धेरै रुचाइएको यो गीतमा महेन्द्र राईले संगित गरेका हुन भने राजेश पल लिम्बुको शब्द रहेको छ भने टेकेन्द्र याक्सोको  एरेन्ज हरेको छ ।

प्रियजन राइको निर्देशन रहेकों गीतमा प्रशान्त लिम्बु,आरुषि मगरको अभिनय रहेको छ भने अन्य कलाकार सुमी मगर सोमा तामाङ्ग ,बिनु तामाङ्ग रीज़ा तामाङ्ग सुमिता राई सानी तामाङ्ग ऐश राईको अभिया रहेको छ भने कोरियोग्राफर शुसान्त आर.टि.को  रहेको  छ । छायांकन जनक राज अधिकारीको रहेको छन् भने सम्पादन नरोत्तम पाण्डेको रहेको छ । उक्त गीतको भिडियो महेन्द्र – दिपा च्यानलमा सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् गीतको भिडियो :

 

प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार  १० : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।