Logo

uncategorized

पहिराले विद्यालय भवन जोखिममा



केदारस्युँ गाउँपालिका ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको जोखिममा परेको छ।

अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिराले बगाएकाले भवन पनि जोखिममा परेको हो।

साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्रांगण पहिराले लगेकोे प्रधानाध्यापक मानबहादुर धामीले बताए।

उनले भने, ‘लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ। भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो।’

कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन्।

वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको प्राङ्गण पनि पहिराले बगाएको बताए।

उनले भने, ‘अहिले त विद्यालय बन्द छ खुला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ। विद्यालय भवन अन्त बनाउनका लागि जग्गाको खोजी गरिरहेका छौं, भेट्टाएका छैनौं, कतै पाइएमा चाँडै भवन अन्तै सार्ने योजनामा छौं।’ रासस

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।