Logo

uncategorized

यस्तो अनौठो कानुन, जहाँ महिनाको एकपटक श्रीमतीलाई कुटिइन्छ 



विश्वका विभिन्न देशमा फरक-फरक कानुन छन् । तीमध्ये केही कानुन अनौठा किसिमका छन् । जुन कानुनका बारेमा सुन्दा अचम्म लाग्छ । यस्तै केही अनौठा कानुनका बारे । तपाईंले सडकमा कैयौँ पटक मानिस झगडा गर्दै ठुलो ठुलो स्वरमा बोल्दै हिँडिरहेको त सुन्नु भएको होला । तर क्यानडाको प्रोविन्स, अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा वा हिँड्दा कसम खान तथा चिच्याउन प्रतिबन्ध रहेको छ । यदि कसैले यस्तो गरेको पाइएमा उसले ५ हजार डलरसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

बोलिभियाको लापाज राज्यमा विवाहित महिलाले दिनमा एक गिलासभन्दा बढी वाइन पिउन मनाही छ । अमेरिकाको ओक्लोहामा राज्यमा मानिसहरुले कुकुरको अगाडि आफ्नो मुखाकृति बिगारेर जिस्काउन पाउँदैनन् । ब्रिटेनमा गर्भवती महिलाहरुलाई जहाँकहीँ पनि दिशापिसाब गर्न छुट रहेको छ । अमेरिकाको अर्कन्सास राज्यमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँछ ।

त्यस्तै दुबईमा यदि तपाई आफ्नो गाडी सफा नगरिकन चलाउनुभयो अर्थात कतै फोहोर देखियो भने त्यसका लागि पनि हजारौ जरिवाना तिर्नुपर्ने हुन्छ ।एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।