Logo

मधेश प्रदेश

कोरोना कोषमा एन आई सी एशियाद्धारा १ करोड ७ लाख सहयोग



एन आई सी एशिया बैंकले सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषर्मा रू. १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ।
बैंककले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सोही रकम सरकारलाई सहयोग गरेको हो। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार मा सरकारलाई सहजता पुर्याउन सोही सहयोग गरेको बैंकले जनाएको छ। बैंकले सोही रकम नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ ।

बैंकले यस अघि पनि देशका सातै प्रदेश सरकारलाई रू. १५÷१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम दिइसकेको छ। उक्त सहयोग रकममा बैंकको तर्फबाट रू. १० लाख र कर्मचारीको तर्फबाट रू. ५ लाख समावेश गरी रू. १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो । साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब रू. ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरेको थियो।

हाल बैंकले बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।