यूएई : यूएईमा केहि दिनअघि दलालबाट कुटपिटमा परेका नेपालीलाई न्याय दिलाउन पहल गर्दै आएका एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालालाई नेपाल एसोसिएसनले निलम्बन गरेको छ ।
काठमाडौंमा रहेको तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारीले बेलायत पठाइदिन्छु भनेर ६३ जना नेपालीसँग लाखौं रुपैयाँ असुल गरी यूएईमा ल्याएर अलपत्र पारेपछी पीडितहरूले उद्दारको लागि गैरआवासीय नेपाली संघ र यूएईस्थित नेपाली दूतावासलाई निवेदन दिएका थिए ।
पीडितले निवेदन दिएको थाहा पाएपछि यूईमा रहेको दलाल श्याम थापाले केहि दिनअघि दुबई क्षेत्रीय समितिका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको उपस्थितिमा कुटपिट गरेको थियोे ।
आफ्नै सस्थाका प्रतिनिधिको उपस्थितिमा दलाल बाट कुटिएका पीडितलाई कानुनी उपचार खोज्नसमेत रोक लगाइएको भन्ने आरोप लागेको र घटनालाई स्थानीय प्रशासनले समेत अनुसन्धान गरिरहेको हुँदा उक्त घटनाको छानबीन किनारा नलागेसम्मको लागि एनआरएनए, दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्ल, उपाध्यक्ष निराजन खत्रीलाई र संस्थाको लेटरप्याड र छाप दुरुपयोग गरेको आरोपमा एनआरएनए, एनसिसी, यूएईका उपाध्यक्ष नरेश सेनलाई एनआरएनए यूएई निलम्बन गरेको थियोे ।
सस्थाबाट उनीहरूलाई निलम्बन गरि आवश्यक छानबिन र पीडितलाई न्याय दिलाउन लागि परेका एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालालाई शुक्रबार नेपाल एसोसिएसन नामक सस्थाले एक बिज्ञप्ति जारी गर्दै कारबाही गरेको जनाएको छ ।
एनआरएनए यूएईका पूर्वअध्यक्ष तथा नेपाल एसोसिएसनका प्रेसिडेन्ट रमेश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले घटनामा तानिएका दुबई कमिटीका पदाधिकारीहरूलाई निलम्बन गरेको, कारबाही गर्नुअघि नेपाल एसोसिएसन लाई जानकारी नगराएको, लेटरहेड प्रयोग अघि एनएका बोर्ड अफ डाइरेक्टरलाई जानकारी नगराइ कानुनको उल्लघंन गरेको, पत्रकार लाई प्रायोजन गरि समाचार सार्वजनिक गरेको र महत्त्वपूर्ण परियोजनामा नेपाल एसोसिएसन बोर्डलाई जानकारी नगराएको उल्लेख छ |
अध्यक्ष एनए बाट निलम्बित






















प्रतिक्रिया