सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउँन ३ गते राती १२ बजेदेखि १० गते सम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सरकारको निर्देशनलाई पालना गर्दै मुक्तिनाथ बैकले निषेधाज्ञा अवधिभरको लागि कुन शाखा कहिले खुल्ने भनेर तालिका सार्वजनिक गरेको छ । सोही अनुसार आज (आइतबार) उपत्यकाको महाराजगञ्ज, नयाँ वानेश्वर, गोठाटार, बसुन्धरा, भैसेपाटी र कमलविनायकका शाखा सञ्चालनमा ल्याएको छ । उपत्यका बाहेक प्रदेश २ मा बनेपाको शाखा खुल्ला रहेको छ ।
त्यस्तै सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबारको लागि निम्नानुसार तालिका तय गरेको छ ।

बैंकका अनुसार शाखाहरु दिउँसो १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रहने छन् ।
साथै उपत्यका बाहिरको हकमा शाखा खुल्ने समय तालिका स्थानिय निकाय÷अधिकार प्राप्त निकायले सुचना जारि गरिएको स्थानमा उक्त सुचनाको आधारमा र त्यस बाहेकका स्थानमा नियमित रुपमा खुल्ला रहने बैंकले जनाएको छ ।





















प्रतिक्रिया