आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समीतिको बैठकले फुयाँलाई सीइओ पदमा नियुक्त गरेको हो ।
आफ्नो करिअर बैंकबाट सुरु गरेका फुयाँलसँग यसअघि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी तथा सुर्या लाइफ इन्स्योरेन्समा काम गरेको अनुभव छ ।
यसअघिका कम्पनीका सीइओ असार अन्तिम साता श्रीचन्द्र भट्ट ज्योति विकास बैंक गएपछि आईएमई लाइफ सीईओविहिन बनेको थियो ।





















प्रतिक्रिया