प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आज बिक्रि खुल्ला गरेको छ ।
कम्पनीले कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्री खुल्ला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिशेयर २३ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले न्यूनतम सय कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र भदौ १५ गतेसम्म पेश गर्न सकिने छ ।
कम्पनीको निष्कासन तथा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ ।






















प्रतिक्रिया