सरकारले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने ३ लाख भिटिएम खरिदका लागि टेन्डर आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले भिटिएम खरिदका लागि ७ दिने समय दिँदै सूचना प्रकाशन गरेको छ ।
विभागले ३ लाख भिटिएम (२ स्वाबसहितका) खरिदका लागि १३ लाख धरौटी रकम राख्नु पर्ने प्रश्ताव पेस गर्दै सुचना प्रकाशन गरेको छ ।
विभागले इच्छुक फर्महरुलाई भदौ १५ गते १२ बजेसम्म प्रस्ताव पेस गर्न भनेको छ।

८ भाद्र २०७७, सोमबार १३:२३




















प्रतिक्रिया