Logo

अर्थ

एनआईसी एशियाको क्यूआर रिफर एण्ड अर्न योजना, क्यूआर मर्चेन्टहरु आबद्ध गराउँदा १० जनाले ५० हजार प्राप्त गर्न सक्ने



एनआईसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र आसोज महिनाभरी यो योजनामा सहभागी जनाउँन सक्नेछन् ।

यस योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी बैंकमा चालु खाता खोलेर क्यूआरमा आबद्ध भए बैंकले प्रति रिफर मर्चेन्ट ७५० रुपैयाँ खुद रकम प्रदान छ । साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही ५० हजार रुपैयाँ रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यूआर पेमेन्टबाट भुक्तानी गर्ने संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको र सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी अगाडि बढ्ने योजनालाई बैंकले प्राथमिकता दिएको बताइएको छ । यो बाहेक बैंकले ग्राहक केन्द्रित विभिन्न योजनाहरु ल्याएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ११:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।