एनआईसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र आसोज महिनाभरी यो योजनामा सहभागी जनाउँन सक्नेछन् ।
यस योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी बैंकमा चालु खाता खोलेर क्यूआरमा आबद्ध भए बैंकले प्रति रिफर मर्चेन्ट ७५० रुपैयाँ खुद रकम प्रदान छ । साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही ५० हजार रुपैयाँ रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यूआर पेमेन्टबाट भुक्तानी गर्ने संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको र सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी अगाडि बढ्ने योजनालाई बैंकले प्राथमिकता दिएको बताइएको छ । यो बाहेक बैंकले ग्राहक केन्द्रित विभिन्न योजनाहरु ल्याएको छ ।




















प्रतिक्रिया