Logo

अर्थ

भदौ २२ देखि यी तीन लघुवित्तको एकिकृत कारोबार सुरु



भदौ २२ देखि जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले एकिकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जर पश्चात यी तीन लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

लघुवित्तले नेपाल राष्ट्र बैंकको साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती प्राप्त गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत स्वीकृती प्राप्त गरिसकेको छ।

भदौ २२ गतेदेखि एकिकृत कारोबार शुरु गरिने हुँदा डाटा माइग्रेशन प्रयोजनको लागि भदौ १९, २० र २१ गते तीनवटै वित्तीय संस्थाहरुले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुनेछ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार ११:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।