Logo

अर्थ

सानिमा बैंकको “ईन्द्रजात्रामा QR Code यात्राको सौगात” योजना, ५ सय बराबरको टपअप उपहार



ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले “ईन्द्रजात्रामा QR Code यात्राको सौगात” योजना ल्याएको छ । उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन बैंकको सोही योजना अनुसार बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले डिजिटल contactless भुक्तानीको सरल, सुरक्षित माध्यम QR Code को लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सक्ने छन् । सोही योजनामा घरबाटै सहभागि हुन सकिन्छ ।

योजनामा यसरी सहभागि हुनुहोस्:

बैंकमा खाता हुनेले https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाउने
यसैगरी बैंकमा खाता नहुनेहरुले marketing@sanimabank.com मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर QR Code मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ ।

यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १४:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।