साताको दोस्रो दिन सोमबार धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.५३ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोबार स्थगन गरेको छ।
स्टकका अनुसार नेप्से आज २२ दशमल ३१ अंकले बढेर १ हजार ४ सय ८४ दशमलव ९९ बिन्दुमा पुगेको छ। आज दिनभर कारोबारमा आएका १ सय ८९ वटा कम्पनीको ४० हजार २ सय ६ पटकको कारोबारमा ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलव ०५अंकले बढेको छ ।
कारोबारमा सूचीकृत १२ उपसमूहमध्ये होटल उपसमूहको सेयर ओरालो लाग्दा बाँकी ११ समूहको सेयर बढेका छन् ।
त्यस्तै आज सिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने अरुण काबेली हाईड्रो पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
कारोबार रकमका आधारमा आजपनि नेपाल पूर्नबिमा कम्पनीले अधिपत्य जमाएको छ ।
१५ भाद्र २०७७, सोमबार १५:११
0
Shares



















प्रतिक्रिया