काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले फेसनमा धरान अग्रणी रहेको बताएका छन् । शुक्रबार ‘धरान डे’ को विशिष्ठ अतिथिका रूपमा धरान आएका मेयर शाहले फेसनमा काठमाडौंभन्दा धरान फेमस रहेको बताएका हुन् । धरानका मेयर हर्क साम्पाङको आमन्त्रणमा आएका शाहले धरानको श्रमसंस्कृतिसमेत नेपालभर अनुकरणीय रहेको बताए। ‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरूले सरकारको बजेटबिना बाटो…