काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा बोलाउन बल्ल पहल अघि बढाएका छन् । उनले हिजो उपमेयर सुनीता डंगोल र तीन पार्टीबाट निर्वाचित तीन वडाअध्यक्षसँग गोप्य छलफल गरे । स्रोतका अनुसार छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष…