मन्जितकुमार यादव रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर चार बसन्तपुरमा जन्मिएका हुन् । उनि मात्रिकाप्रसाद यादव र रीतादेवि यादवको कोखबाट २०४३ साल भदौ १० गते जन्मिएका हुन् । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएका मन्जितको बाल्यकाल सुखसयलमै बित्यो । राजनीति गर्ने प्रेरणा मन्जितकुमार यादवको परिवार हजुरबुवादेखि नै राजनीतिमा थिए । हजुरबुवा दशरतप्रसाद यादव चार पटकसम्म प्रधानपञ्च…