गणतन्त्र प्राप्तिपछि नेपालमा हुन गइरहेको राष्ट्रपतिको अबको निर्वाचन चौथो पटकको निर्वाचन हो । पहिलो निर्वाचन राजतन्त्र विधिवत अन्त्य भएको झण्डै दुई महिना अर्थात वि.स. २०६५ साउन ४ गते भएको थियो । तत्कालीन समयमा माओवादी सबैभन्दा ठूलो दल थियो भने कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा थिए । माओवादी एक्लैले ५७५ मध्ये २२० सिट जितेको थियो…