झापा । नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई हिजो साँझ मेचीनगर स्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध अर्जुनधारा–११ बस्ने ४७ वर्षीय युवराज गिरी ले इलाका प्रहरी कार्यालय बिर्तामोडमा…