Logo

आजदेखि यी कार्यालय मात्र खुल्छन्

सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने बताएका हुन् । कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला सरकारले विभिन्न १९ अत्यावश्यक कार्यालय मात्रै खोल्ने निष्कर्षमा पुगेको छ । नेपाल राजपत्रमा १९ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छ…