मधेसकेन्द्रित दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी सरकारसँग असन्तुष्ट छन । फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल छ भने राजपाले समर्थन गरेको छ । एक वर्षसम्म पनि संविधान संशोधन गर्ने सहमति कार्यान्वयन प्रक्रिया सुरु नगरेको भन्दै फोरम र राजपा असन्तुष्ट बनेका हुन् । राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले आफूहरूको आशा र अपेक्षाअनुरूपका सरकारले काम…