च्यासल युथ क्लब, काठमाडौँ २१औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा च्यासलले सिएमजी सङ्कटा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । च्यासलको जीतमा दुवै गोल दोस्रो हाफमा भए । पहिलो हाफ गोलरहित बराबरी खेलेको च्यासलले दोस्रो हाफ शुरु भएलगत्तै गोल गर्न सफल भएको…