काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेपछि उत्पादनको मुख्य सिजनमै चिया उद्योगीहरूले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । इलामको सूर्योदय नगरपालिकाका उद्योगीहरूले आउँदो असार १ गतेदेखि कारखाना बन्द गर्ने निर्णय गरेका हुन् । सूर्योदय नगरपालिकामा मात्रै २ हजार ९ सय ९५ चिया किसान छन् । नगरको ३३ हजार ६ सय ५५ रोपनीमा…