इलाम । भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड (एसओपी) का कारण निर्यात प्रभावित भएपछि बन्द भएका सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योग पुनः सञ्चालन हुने भएका छन्। स्थानीय तह, उद्योगी र सरोकारवालाबीच भएको तीन बुँदे सहमतिपछि उद्योग सञ्चालनको बाटो खुलेको हो। सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स…