काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारणसभा आज सोमबारका दिन काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
सभाले बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद शेयर जारी गर्न सभाले स्वीकृति गरेको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको रावलले जानकारी दिए ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।




















प्रतिक्रिया