नेपाल नागरिक उड्डयन प्राधिकरणमा राजकुमार क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ । अनिवार्य अवकास पाउने तयारीमा रहेका राजन पोखरेलले महानिर्देशक पदबाट मंगलबार राजिनामा दिएपछि क्षेत्रीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निमित्तको जिम्मेवारी दिएको हो । यसअघि क्षेत्री प्राधिकरणमा उपमहानिर्देशकको कार्यभार सम्हालिरहेका थिए । कार्यसम्पादन र बरिष्ठताको आधारमा मन्त्रालयले क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइन्छ…