Logo

उद्योग

सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न, बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्ने



सर्वोत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । माघ ११ मा सम्पन्न सभाले बुक विल्डिङ्ग विधिबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

त्यस्तै सभाले धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाखमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आ।व।२०७७÷२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ । त्यसैगरी आ।व।२०७७÷२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस् लाई नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।