सुर्खेत । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका छन् । बीमा समितिले पहिलो प्रादेशिक कार्यालयको शुभारम्भ गरेको हाे । समितिले गत १ असारदेखि नै उपनिर्देशक पदम सोडारीको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याएको थियो । तर, औपचारिक रुपमा भने आजदेखि शुभारम्भ भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल,…