Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने निर्णय गरेको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई  लाभांश घोषणा गरेको हो । बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।