Logo

अर्थ

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा २३ करोड १६ लाख, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ करोड १६ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २१ करोड ९७ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी पहिले २ अर्ब ६२ करोड रहेकोमा अहिले ३ अर्ब ११ करोड छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा छ । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार ११:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।