काठमाडौं । आइसीएफसी फाइनान्सले यसअघि जारी गरेको ऋणपत्र (डिबेन्चर)को बाँडफाँट भएको छ । फाइनान्सले गत माघ ९ बाट बिक्री खुल्ला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा माग भन्दा अधिक आवेदन परेपछि गोलाप्रथाबाट आज बाँडफाँट गरिएको हो । बैंक ब्याजदर घटेको बेला आकर्षक ब्याजदरसहितको ऋणपत्र जारी भएकाले यस ऋणपत्रमा उच्च आवेदन परेको थियो । फाइनान्सले गत…