काठमाडाैं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा आजबाट सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरु सञ्चालनमा आएका छन् । आज सञ्चालनमा आएका साइटहरुमा रसुवा जिल्ला अन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरु रहेका छन् । त्यसैगरी नुवाकोटको चारघरे…