काठमाडाैं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन १०/१० थान स्याटेलाइट फोन उपलब्ध गराइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु राख्दै सूचना प्रवाह सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट फोन उपलब्ध गराएको हो ।
उपलब्ध गराइएका स्याटेलाइट फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग गर्नेगरी पठाइएको प्राधिकरणले जनाएको छ ।
















प्रतिक्रिया