काठमाडाैं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अर्याललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो । श्रेष्ठले राजीनामा दिएको चार दिनपछि नै सञ्चालक समितिले अर्याललाई बैंकको अध्यक्ष नियुक्त गरेको हो।
अर्थशास्त्र, सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव संगालेका डा. अर्यालले यसअघि पनि हिमालयन बैंकको सञ्चालकका रूपमा काम गरिसकेका छन् ।
















प्रतिक्रिया