काठमाडौं । आईएमई समूहले कैलालीको कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माण गर्ने भएको छ । लम्कीचुहा नगरपालिका–३ मा बन्ने केबलकार ३.१ किलोमिटर लामो हुने समूहले जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार केबलकारको शिलान्यास गरेकी छिन् । चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो…