इटहरी । धरानको देउरालीस्थित पाथीभरा सप्लायर्सका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जित्दै 'वाइवाइ थोक विक्रेता उपहार योजना'को बम्पर उपहार विजेता बन्न सफल भएका छन् । सिजी ग्रुपको 'वाइवाइ नुडल्स डिभिजन कोशी प्रदेश'द्वारा आयोजना गरिएको यो योजना अन्तर्गत शुक्रबार ईटहरीमा रहेको एरिना बेन्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । लक्की ड्र मार्फत बम्पर उपहार प्रदान…