काठमाडौं । गोल्छा ग्रुपले इन्स्योर परियोजना (इनह्यान्स स्किल्स फर सस्टेनेबल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट)सँग उद्योगकेन्द्रित अप्रेन्टिससिप कार्यक्रम लागु गर्न सहकार्य गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा र इन्स्योर परियोजना टोलीका प्रमुख रवीन्द्रबहादुर सिंहबीच सोमबार सम्झौता हस्ताक्षर भएको हो । यस कार्यक्रमले शिक्षामा हासिल भएको ज्ञानलाई रोजगारीसँग जोड्ने र युवाहरूलाई बजारमा आवश्यक…