Logo

अर्थ

हुम्लामा नेपाल टेलिकमका बीटीएस टावरमा क्षति



काठमाडौं । हुम्लाका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका बीटीएस टावरमा क्षति पुग्दा सेवा अवरुद्ध भएको छ । बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूह तथा व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्‍याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको टेलिकमको दाबी छ ।

सर्केगाड गाउँपालिका–५ स्थित बरै माइक्रो बीटीएसमा पुस ४ गते सोलार प्यानल, भीस्याटका उपकरणहरु तथा अर्थिङ केबलमा क्षति पुगेको टेलिकमले जनाएको छ । भौगोलिक विकटताका कारण मर्मत गरी सेवा सुचारु गर्न समय लाग्ने टेलिकमको भनाइ छ ।

साथै सार्वजनिक महत्वका सरकारी सम्पत्तिमा क्षति पुर्याउने र सर्वसाधारणको सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न र नगराउन समेत टेलिकम अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार १०:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।