काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणलाई २० लाख ७५ हजार कित्ता साधारण सेयर निकासन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्काशनका लागि एनएमबी क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेजका…