काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको साहयक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिजको दोस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षता तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका चिफ फाईन्यान्स अफिसर प्रमेश राज कायस्थको प्रमुख आथित्यमा सम्पन्न भएको छ । सो सभामा कम्पनीको लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, र मिति २०८०/०४/०१ देखि २०८१/०३/३१…