काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले बजेट ल्याउँदा आफु दबाबमा रहेको बताएका छन् । बुधबार बजेटबारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यस अघिका प्रक्षेपणहरु पुरा नहुँदा आफु बजेट बनाउने क्रममा दबाबमा रहेको बताएका हुन् । उनले बजेटबारे जानकारी दिँदै युवाहरुलाई विदेश पठाउन रोक्न, देश भित्रका अवसर नखोजेर सजिलै विदेश जान खोज्ने प्रवृतिलाई रोक्न बजेटले प्रयास गरेको…