Logo

अटो

विद्युतीय गाडी नेटा अटोको व्यापार आक्रामक, स्टार्टअप निर्यातमा सबैभन्दा अगाडि



एजेन्सी । नेटा अटोले चीनमा स्टार्टअप अटोमेकरका रूपमा ऐतिहासिक छलाङ मारेको छ ।

कम्पनीले जारी गरेको चीनको नयाँ ऊर्जा वाहन निर्यात भोल्युममा अन्य सवारी उत्पादकहरू बीच नेटाको निर्यात सबैभन्दा उच्च देखिएको हो।

नेटा अटो जनवरीदेखि अप्रिल २०२४ सम्म चीनबाट सबैभन्दा बढी निर्यात हुने कारहरू मध्ये एक रहेको छ। यस अवधिमा कम्पनीले XPeng, Seres र Skyworth जस्ता अन्य EV ब्रान्डहरूलाई पछि पार्दै विश्वभर १३,६९४ सवारी साधनहरू निर्यात गरेको छ।

नयाँ स्टार्ट अपको नयाँ ऊर्जा निर्यात भोल्युम र्‍याङ्किङमा नेटा अटो पहिलो स्थानमा छ

चाखलाग्दो कुरा के छ भने, BYD र Tesla क्रमशः १, ३८, ७६९ र १,१९,२०२ निर्यात गरेर चार्टको नेतृत्वमा छन्। यी कम्पनीका गाडिहरु पहिल्यैबाट उत्पादन भइरहेका ब्राण्डहरु हुन् ।

अटोमोबाइल कम्पनीहरूको नयाँ ऊर्जा वाहन निर्यातमा नेटा अटोकाे ग्लाेबल र्‍याङ्किङ

चिनियाँ अटोमेकरहरूले गत वर्ष पहिलो पटक निर्यातको मात्रामा जापानलाई उछिन्दै यस वर्ष विदेशी बजारहरूमा आफ्नो विस्तारलाई उल्लेखनीय रूपमा तीव्र पारेका छन्।

नेटा अटो नयाँ ऊर्जा वाहन निर्यात मात्राको हिसाबले कार कम्पनीहरूमा चौथो र नयाँ कार बनाउने फोर्सहरूमा पहिलो स्थानमा रहेको छ।

चीनबाहेक नेटाको थाइल्याण्ड, इन्डोनेसिया र मलेसियामा तीनवटा उत्पादन प्लान्टहरू छन्।

थाइल्याण्ड कारखानाले वार्षिक ३० हजार सवारी साधन क्षमताको साथ ठूलो मात्रामा उत्पादन सुरु गरेको छ। त्यसैगरी, इन्डोनेसियाली कारखानाले अप्रिल २२ बाट पहिलो पटक ठूलो उत्पादन सुरु गरेको छ। यसैबीच, मलेशियन कारखानाले २०२५ मा उत्पादन सुरु गर्ने योजना बनाएको छ।

नेटा अटो आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्न केन्द्रित छ । विदेशमा एक लाख इकाइहरूको बिक्री लक्ष्य राखेर, ४० देशहरूमा सेवा आउटलेटहरू स्थापना गर्ने नेटाको लक्ष्य छ।

नेटा नेपालले हाल नेपाली बजारमा नेटा वी र नेटा एक्स प्रदान ल्याएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार १३:४६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।