काठमाण्डौ । यामाहा नेपालले मोटोजीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटोजीपी’ इभेन्टको घोषणा गरेको छ । भारतमा पहिलोपटक मोटोजीपी आयोजना हुने अवसरमा यामाहा नेपालले आफ्नो प्रेसविज्ञप्तिमार्फत त्यस ऐतिहासिक अवसरको घोषणा गरेको हो । नेपाली मोटरसाइकलको इतिहासमै पहिलोपटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठदिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटोजीपी हेर्न भारत लैजाने…