काठमाडौं । पछिल्लो समय लगातारजसो बैंकहरुबाट ग्राहकको खाताबाट रकम गायब हुँदै आएको विषयले संसदमा पनि प्रवेश पाएका छ । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । रौतहटको चन्द्रनिगाहपुरमा हरेको माछापुच्छरे बैंकबाट वृन्दावन नगरपालिका वडा नम्बर ३ का रामेश्वर यादवको खाताबाट ९ लाख रुपैयाँ गायब भएको उल्लेख गर्दै छानबिन…