Logo

अर्थ

बैंकहरुबाट ग्राहकको खाताबाट रकम गायब हुँदै आएको विषय संसदमा पनि प्रवेश



काठमाडौं । पछिल्लो समय लगातारजसो बैंकहरुबाट ग्राहकको खाताबाट रकम गायब हुँदै आएको विषयले संसदमा पनि प्रवेश पाएका छ । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रौतहटको चन्द्रनिगाहपुरमा हरेको माछापुच्छरे बैंकबाट वृन्दावन नगरपालिका वडा नम्बर ३ का रामेश्वर यादवको खाताबाट ९ लाख रुपैयाँ गायब भएको उल्लेख गर्दै छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरे ।

बैंकमा यादवले छोरीको विहे गर्न १२ लाख रुपैयाँ जम्मा गरेकामा आइतबार झिक्न जाँदा पैसा गायब भएको सांसद सांसद तिमिल्सिनाले बताए ।
उनले बैंकमा राखिएको सर्वसाधारणको पैसा सुरक्षित हुँदैन भने कसको विश्वास गर्ने भन्दै प्रश्न गरे ।

यसअघि इटहरीस्थित एभ्रेष्ट बैंकबाट पनि ग्राहकका खाताबाट डेढ करोड रुपैयाँ अनधिकृत रुपमा गायब भएको थियो भने नविल बैंकको धरान शाखाबाट दुई ग्राहकको रकम चोरी भएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ११:३२   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।