Logo

बैंकिङ

एभ्रेष्ट बैंकले भन्यो– सम्पूर्ण ग्राहकको रकम सुरक्षित छ, भ्रामक समाचारको पछि नलागौं



काठमाडौं । एभ्रेष्ट बैंकले ग्राहकको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको जनाएको छ । विगत केही दिनदेखि बैंकका बारेमा विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा प्रकाशित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको भन्दै बैंकले सबै ग्राहकको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।

बैंकले सामाजिक संजालमा प्रकाशित यस्ता भ्रामक समाचारको पछि नलाग्न अपिल पनि गरेको छ । केही सयम पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रुपले रकमान्तर गर्ने व्यक्तिलाई बैंकले नै आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम सोधभर्ना गरी राष्ट्र बैंकलाई जानकारी गराईसकिएको पनि बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार २२:०७   :  बजे

918
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।