काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती रहेको बताएका छन् । काठमाण्डौको भृकुटीमण्डलमा आजदेखि सुरु भएको पाँचौँ संस्करणको नेपाल चेम्बर एक्स्पो २०२२ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् । उनले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि आग्रह गरे ।…