काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज (बिहीबार) पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।
निगमको विज्ञप्ति अनुसार आईओसीले पेट्रोलमा ६ रुपैयाा ५२ पैसा र डिजेलमा १९ रुपैयाँ ०३ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.५२ पैसा र डिजेलमा १९.०३ पैसा घाटा रहेको उल्लेख छ । जसअनुसार आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड घाटा हुने निगमलाई घाटा हुने दाबी गरिएको छ ।

यो पनि पढ्नुहोस्
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० वर्षकै उच्च, नेपालमा फेरि पेट्रोल र डिजेल महंगिन सक्ने





















प्रतिक्रिया