काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्ने बताएका छन् । देशलाई उद्योग व्यवसायतर्फ लागे मात्रै आत्मनिर्भर अर्थतन्त्र हुने उनले बताए । पार्टी मातहतका उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै उनले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे । ‘देशलाई आधुनिकीकरणतर्फ लाने कुरा उत्पादनमा…