Logo

हिमपातले करीब ७० हजार सुन्तलाका बोट नष्ट

जाजरकोट। लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ ठूलो संख्यामा कलमी गरेका सुन्तलाका बिरुवा नष्ट भएका छन्। प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत बिभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो। दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म उद्योगका…